पत्रकारहरु भारतीय ‘तनखा’ मा बाँचेको पूर्वराष्ट्रपतिद्वारा खुलासा

पत्रकारहरु भारतीय ‘तनखा’ मा बाँचेको पूर्वराष्ट्रपतिद्वारा खुलासा

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले माल्दिभ्सका केही सञ्चार माध्यमले त्यहाँस्थित भारतीय उच्चायोगले उपलब्ध गराउने तलब र सुविधामा काम गरिरहेको खुलासा गरेका छन् ।

कार्निबल क्षेत्रमा आयोजित विपक्षीहरुको र्यालीमा बोल्दै पूर्वराष्ट्रपति गैयुमले आफ्नो मुलुकका सञ्चारमाध्यम तथा अधिकांश पत्रकारहरूले भारतीय उच्चायोगको तलब र नुनको सोझोमा काम गरिरहेको बताएका हुन् ।

भारतीय तनखामा चलेका माल्दिभ्सका अधिकांश सञ्चार माध्यमहरू स्वेदश भन्दा भारतीय हितलाई बढावा दिने कार्यमा प्रयोग गरिएको उनको आरोप छ । उनले भने, ‘माल्दिभ्समा प्रेसकै कारण प्रेस स्वतन्त्रता गुमेको छ ।’

पूर्वराष्ट्रपति गैयुमले सम्बोधनको क्रममा माल्दिभ्सका धेरैजसो सञ्चार माध्यमहरुले मुलुकमा रहेको भारतीय सैन्य उपस्थितिको बिरोधको सट्टा रक्षाका कथाहरू प्रकाशित गरेको तथ्य पनि सार्वजनिक गरेका छन् । उनले भने, ‘कश्मिरमा भइरहेको भारतीय सेनाको घेराबन्दी बारे लेख्छन् भनेर सोच्नु आकाशको फल सरह हो ।’

उनका अनुसार माल्दिभ्सका सञ्चारमाध्यमहरू सोझै सरकारद्वारा नियन्त्रित छन् । केही भने राज्यका ठूला कम्पनीहरूको प्रायोजनमा चलेको देखाइन्छ । ती सबैको उद्देश्य आफ्नो दुनो सोझ्याउने मात्र रहेको पूर्व राष्ट्रपतिको भनाई उल्लेख गर्दै माल्दिभ्स जर्नलले लेखेको छ ।

राष्ट्रपति कार्यालयले समेत विभिन्न बहानामा समाचार संस्था र टेलिभिजन स्टेशनहरुलाई रकम उपलब्ध गराउने गरेको यथार्थ उल्लेख गर्दै पूर्वराष्ट्रपति गैयुमले भने, ‘कुरो त्यहिँनेर छ ।’

टिप्पणीहरू