प्रेस युनियनबाट महाधिवेशनमा आउने पाँच जनाको नाम फाइनल

प्रेस युनियनबाट महाधिवेशनमा आउने पाँच जनाको नाम फाइनल

नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम पक्का गरेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दु प्रतिनिधि छानिएका हुन् । प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले पाँचै जनाको नाम फाइनल भएको जानकारी दिए ।

युनियनका महासचिव अजयबाबु शिवाकोटी भने कांग्रेस दोलखाको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । यस्तै, पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी पनि ओखलढुंगाबाट प्रतिनिधि बनेकी छिन् ।

टिप्पणीहरू