तस्वीरमा काँग्रेसको महाधिवेशन स्थल

तस्वीरमा काँग्रेसको महाधिवेशन स्थल

भोलिदेखि सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि देशभरबाट ४६ सय प्रतिनिधि सहभागी हुदैछन् । यतिबेला महाधिवेशनस्थल भृकुटीमण्डपमा सिंगारिँदै छ ।

महाधिवेशनस्थल सिंगार्न रोशन आर्टस् सर्भिसले जिम्मा लिएको छ । अहिले महाधिवेशनस्थलमा स्टेज धमाधम बनिरहेका छन् । साउन्ड सिस्टम, विद्युतको व्यवस्थापन भइरहेको छ ।‘हामीले सिंगार्न थालेको, स्टेज बनाउन थालेको तीन दिन भयो । दिनको २०-२२ घन्टासम्म ३५ जना कामदारले काम गरिरहेका छन्’, रोशन आर्टस् सर्भिसका प्रोपाइटर रोशन जैसवालले भने । जैसावालका अनुसार सुरुमा स्टेज निर्माण तथा सजावटका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, आयोजकको डिमान्डा सम्झौताभन्दा बढी हुन थालेपछि अहिले खर्च बढ्ने भएको छ ।

निर्माणको जिम्मा लिएको कम्पनीले भोलि बिहानसम्म कार्यक्रम स्थल निर्माण गरिसक्ने उनले बताए ।

टिप्पणीहरू