विमानस्थल भन्सारमा टास्क फोर्सको कमाल

विमानस्थल भन्सारमा टास्क फोर्सको कमाल

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको भन्सारमा विशेष टास्क फोर्स परिचालन गरेपछि अवैध रुपमा भित्रिएका सुनहरु नियन्त्रणमा लिन सफल भएको दावी अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले गर्नु भएको छ ।

उहाँले विहिबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा यो कुरा बताउनु भएको हो ।

मन्त्री शर्माले सो ‘टास्क फोर्स’ले दैनिक १९ देखि २० किलो सुन विमानस्थलमा नियन्त्रण लिएको समेत मन्त्री शर्माले जानकारी दिनुभएको छ । उहाँले नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यसले राजस्वमा टेवा पु¥याउने विश्वास मन्त्री शर्माले व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू