पूर्वमा लागुऔषधका अम्बली र कारोबारी सरोबर

पूर्वमा लागुऔषधका अम्बली र कारोबारी सरोबर

प्रहरीले सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भोक्राह नरसिंह–५ का २० वर्पीय सरोज मन्सुरी र २१ वर्पीय हारुण मन्सुरी हुन् । प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगर ४ ग्राम ८ सय ५० मिलिग्राम बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले इटहरी उपमहानगरपालिका–४ का टीका राईको घरको कोठा खानतलासी गर्दा डाईजेपाम १०, लुपिजेसिक १०, फेनारगन १० र एभील १० एम्पुल बरामद गरेको छ । राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही स्थानका १९ वर्षीय धनकुमार राई पनि पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । ती सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू