तीन तारे अन्यत्र होटल, डडेल्धुरामा विद्यालय

तीन तारे अन्यत्र होटल, डडेल्धुरामा विद्यालय

डडेल्धुराको अजयमेरू गाउँपालिका–४ स्थित दुर्गास्थान आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्डहरू पूरा गरेपछि उक्त विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको हो । योसँगै आधारभूत विद्यालय जिल्लाकै पहिलो तीन तारे विद्यालय बनेको छ ।

अजयमेरू गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना डडेल्धुराको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक तिर्थराज पनेरुले जानकारी दिनुभयो ।

उहाँकाअनुसार खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेपछि विद्यालयलाई तीन तारे स्तरको विद्यालय घोषणा गरिएको हो ।

दुर्गास्थान विद्यालयले खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविधि २०७४ को दोस्रो संसोधन अनुसारका १० वटै मापदण्ड पूरा गरेर उत्तम स्थान हासिल गरेकाले तीन तारे विद्यालय घोषणा गरिएको जनाइएको छ

टिप्पणीहरू