एमाले अध्यक्ष केपी ओलीप्रति अर्थमन्त्री शर्माको छेडछाड

एमाले अध्यक्ष केपी ओलीप्रति अर्थमन्त्री शर्माको छेडछाड

अर्थमन्त्री जनार्दन शर्माले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षद्वारा केही महिनाअघि आफूप्रति व्यक्त अभिव्यक्तिप्रति आज छेडछाड गर्नुभएको छ । आज बसेको संसदको अर्थ समितिको बैठकमा शर्माले आफ्नो आलोचना गर्दै ओलीले अर्थतन्त्र नबुझेको अर्थमन्त्री भनेकोबारे अध्ययन गरिरहेको बताउनुभएको हो ।

बैठकमा अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेप्नुभएका मन्त्री शर्माले चालु आर्थिक वर्षको लक्ष्यअनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबीसमेत गर्नुभएको छ ।

उहाँले विगतका समस्यबाट अर्थतन्त्रमा अहिले चुनौति देखिएको र अब बिस्तारै ती सबैको समाधान हुने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा आजको आजै समस्या नआएको र यसअघिका नीति नियमका साथै समग्र ऐन कानुनले असर पारेको छ ।’

अगाडि भन्नुभयो, ‘अब समस्याहरू बिस्तारै समाधान हुँदै जान्छन् । लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’ अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १ सय ४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्चको रफ्तार समेत बढ्दै जाने दाबी गर्नुभएको छ ।

पुँजीगत खर्च कमजोर हुँदा बैंकिङ प्रणालीमा तरलताको अभाव भएको स्वीकार्दै त्यसका लागि गैरआवासीय नेपालीहरूले विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरिएको र यसले सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू