निर्विकल्प सभापतिको उम्मेदवार हुँ : विमलेन्द्र निधि

निर्विकल्प सभापतिको उम्मेदवार हुँ : विमलेन्द्र निधि

नेपाली काँग्रेस नेता विमलेन्द्र निधिले आफू सभापतिको निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका छन् । भोलिबाट सुरु हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका हुन् ।

आज बस्ने मौजुदा केन्द्रीय समितिको अन्तिम बैठकमा सहभागी हुन पार्टी कार्यालयमा पुगेका निधिले सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

शेरबहादुर देउवाको सभापतिमा दाबेदारी सार्वजनिक भइसकेको छ भने रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कोइराला परिवारबाट साझा सभापतिको उम्मेदवार बनाउने प्रयास जारी छ ।

तर, आफूलाई दुवै पक्षबाट मत आउने निधिले दाबी गरेका छन् ।

टिप्पणीहरू