उपत्यकाका तीन जिल्लामा एकै पटक खोप अभियान

उपत्यकाका तीन जिल्लामा एकै पटक खोप अभियान

काठमाडौं उपत्यकाका तीनै वटै जिल्लामा आजदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप दिइएको छ ।

काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, ल्होत्से भवन नयाँ बसपार्क, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ ।

यस्तै, काठमाडौंमा नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलिक्लिनिक जडीबुटी, कोटेश्वरमा पनि कोरोनाविरुद्धको खोप लगाइन्छ ।

काठमाडौँ र ललितुपरका खोप केन्द्रमा बिदाको दिनबाहेक बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खोप लगाइने छ । भक्तपुरमा पनि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाउने जानकारी दिइएको छ ।

टिप्पणीहरू