‘इच्छाराजको पाराले,दुःख पाए साराले,

‘इच्छाराजको पाराले,दुःख पाए साराले,

दुःख गरेर जोगाएको बचत रकम फिर्ता नपाएपछि सिभिल सहकारी एण्ड क्रेडिट कोअपरेटिभ्सका बचतकर्ता आज पनि प्रदर्शनमा उत्रिएका छन् । जनताको पैसा ठग्न पाईंदैन भन्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सिभिल सहकारी संघर्ष समितिका संयोजक उज्वल सत्यालको नेतृत्वमा प्रदर्शन भएको हो ।

सिभिल सहकारीका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार इच्छाराज तामाङले आफूहरुको अरबौं रुपैयँ ठगेका बताउँदै बचतकर्ताहरु आन्दोलित भएका छन् । उनीहरुले सहकारी नियमावली २०७५ कार्यान्वयन गर, दुः ख पायो साराले इच्छाराजको पाराले, सरकार कानुन कडा बना, सरकार के हेर्दै छ, सहकारी विभाग अनुगमन गर, हाम्रो पैसा फिर्ता दे, सहकारीले ठग्न पाईंदैन जस्ता नारा लगाएका छन् ।

प्रदर्शनकारीहरुले माईतीघर मण्डलादेखि बबरमहलस्थित सरकारी वकिल कार्यालय र काठमाडौ जिल्ला अदालतमा पुगेर नाराबाजी टुंग्याएका छन् । झण्डै ७५ जना पीडितको उपस्थिति रहेको कार्यक्रममा सर्वसाधारणले समेत साथ दिएको देखिन्थ्यो ।

तामाङ र उनको समूहका १२ जना अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले सर्वसाधारणको ५ अर्ब ६९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा तीन दर्जनभन्दा बढीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । यसबीचमा तामाङले सर्वसाधारणको रकम तिर्नुपर्ने दायित्व आफ्नो नरहेको गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।

उता सम्पत्ति शुद्धिकरण विभागले पनि तामाङलगायत सिभिल सहकारीको रकम दुरुपयोगमा संलग्न सबैको सम्पत्ति छानबिन थालेको बुझिएको छ ।

टिप्पणीहरू