कालोसूचीमा अरु कैयौं पप्पुहरु

कालोसूचीमा अरु कैयौं पप्पुहरु

सरकारी ठेक्का हत्याउने, गुणस्तरीय निर्माण सम्पन्न नगर्ने अरु छ वटा ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । निर्माण क्षेत्रमा पप्पु कन्स्ट्रक्सन कम्पनी सर्वाधिक विवादित छ ।

अहिले त्यसैगरी निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको हो । सरकारले छ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन,नीलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा,एसएनसी निर्माण सेवा, एसएसएम कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको छ ।

नीलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २ वर्ष तथा अन्यलाई एक वर्ष कालोसूचीमा राखेको बताइएको छ । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा यी कम्पनीले भाग लिन पाउने छैनन् ।

टिप्पणीहरू