यु–१९ क्रिकेट : पहिलो खेलमा पुस ८ गते नेपाल र बंगलादेश भिड्ने

यु–१९ क्रिकेट : पहिलो खेलमा पुस ८ गते नेपाल र बंगलादेश भिड्ने

आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु–१९ एसिया कपमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ ।

एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल रहेको समूहमा बंगलादेश, श्रीलंका र कुवेत छन् ।

समूह ‘ए’ मा भने बलिया मुलुकको रुपमा परिचित भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् । प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग र ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ ।

टिप्पणीहरू