कर्णालीमा महिनौंदेखि मन्त्रालय रित्तै

कर्णालीमा महिनौंदेखि मन्त्रालय रित्तै

कर्णाली प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएको डेढ महिना पुग्न लागेको छ । तर, अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन भने सकेको छैन ।

सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबण्डा नमिल्दा मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारलाई पूर्णता दिन नसक्नुभएको हो । मंसिर १५ गते विश्वासको मत लिनुभएका मुख्यमन्त्री शाहीले अहिले पनि पाँच वटा मन्त्रालय आफैँले सम्हाल्नुभएको छ ।

मुख्यमन्त्रीले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम पठाउन आग्रह गरे पनि भागबण्डामा पुरानै सहमतिअनुसार दाबी कायम गरेपछि मन्त्रिपरिषद्ले पूर्णता नपाएको जनाइएको छ । सत्ता साझेदार माओवादी केन्द्रले चार, एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाडेका कारण दलहरुबीच कुरा मिल्न नसकेको हो ।

मुख्यमन्त्री शाहीले समाजवादी दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी र माओवादी केन्द्रका नेता विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गर्नुभएको छ । भागबण्डा नमिलेकै कारण अन्य पाँचवटा मन्त्रालय डेढ महिनादेखी मन्त्रीविहीन बनेका हुन् ।

टिप्पणीहरू