श्रीमानहरुलाई पनि साह्रै सास्ती

श्रीमानहरुलाई पनि साह्रै सास्ती

सर्वोच्च अदालतका श्रीमानहरुका दुःख पनि कति धेरै ! कानुन व्यवसायीहरुको आन्दोलनलाई सहयोग पु¥याउने गरी झण्डै तीन साता इजलास हापेका श्रीमानहरुलाई अहिले त्यही आन्दोलनले न्यायसम्पादनमा डिस्टर्ब गरेको गुनासो सुनिन थालेको छ । सर्वोच्च परिसरमै वकिलहरुले गरेको प्रदर्शनले इजलाश बस्न अप्ठेरो भएको भन्दै श्रीमानहरुले गुनासो पोखेका हुन् ।

नेपाल बार एशोसिएशनको नेतृत्वमा आन्दोलनरत वकिलहरुका नारावाजी र माइकिङका आवाजले इजलासमा डिस्टर्ब गरेपछि श्रीमानहरुका यस्ता गुनासा आएका हुन् । वकिलहरुले गरेको प्रदर्शनले १ र २ नम्बर इजलासमा बढी डिस्टर्ब गरेको छ जसले गर्दा बेलैमा बेन्चमा बस्नै सकिन्न । १ नम्बर इजलास ’बिद्रोही’ न्यायाधीश दिपक कार्की र २ मीरा खड्काको हो ।

श्रीमानहरुका दुःख यतिमात्रै कहाँ हो र ! प्रधानन्यायाधीशसँग बेञ्च शेयर नगर्ने आफ्नो पूर्वघोषणा पनि अहिले प्रत्युत्पादक बनेको छ । त्यसैले त २÷३ दिनयता श्रीमानहरुबीच हुने गरेका अनौपचारिक कुराकानीमा भन्न थालिएको छ, ’लिखित गरिएको छैन । मौखिक कुराको के अर्थ होला र !’

हुन् पनि गोलाप्रथाद्वारा मुद्दाको पेशी तोक्दा प्रधानन्यायाधीश म पनि गट्टी तान्छु भन्दै आए भने कसले रोक्ने ? प्रधानन्यायाधीशले गोला टिप्न बसे हुँदैन भन्न पनि मिलेन । फेरिनइजलाश बहिष्कार गर्न पनि नैतिक संकट छ । कसैलाई निषेध गरेर जाने गरी ऐन संशोधन गर्ने कुरा पनि भएन । कि त न्यायाधीश रणबहादुर बमलाई रामप्रसाद श्रेष्ठले जस्तै बाइकट गरेको गर्यै गर्नुपर्यो । त्यो पनि कहिलेसम्म गर्ने !

गोलाप्रथा शुरुआतलगायत आफू अनुपस्थित बैठकका निर्णयमा प्रधानन्यायाधीशको हस्ताक्षर चल्ने तर, उहाँसँग इजलाश शेयर गर्न नहुने तर्क पनि छन् । प्रधानन्यायाधीशको हस्ताक्षर नहुँदा नियमावली संशोधनसम्बन्धी सूचना राजपत्रमा प्रकाशितसमेत भएन ।

प्रधानन्यायाधीश उपस्थित नै नभएको बैठकको सूचना निकाल्न पनि उहाँको हस्ताक्षर खोज्दै हिंड्नुपरेको थियो । तर, त्यही न्यायाधीशसँग इजलाशमा नबस्ने तर्क आफैंमा दमदार तर्क होइन पनि भनिन्छ । त्यही बुझेर होला श्रीमानहरुबीच हुने गरेका ठट्टा सुनाउँदै सर्वोच्च स्रोत भन्छ’, ‘लिखित छैन, मौखिक कुरा फासफुस हुने त होला नि !’

यता, कानून व्यवसायीहरु पनि आन्दोलन कहिलेसम्म भन्ने प्रश्नमा आफैं घेरिन थालेका छन् । कर्पोरेट सेक्टरका, राजश्वका ठुल्ठूला मुध्दा अनिर्णित अवस्थामा छ । झण्डै ८ अरबको मुद्दा त्यत्तिकै बस्दा उनीहरुलाई पनि काममा फर्किन दबाब छ । एक वकिल भन्छन्, ‘रोजीरोटीको पनि सवाल छ ।

यसरी त कहिलेसम्म चल्ला र ! दलहरुको ताल देखिहालियो, चोलेन्द्र पनि ज्याद्रै भएर निस्किए त्यसैले अब विन विन पोजिसनमा जानुको विकल्प छैन ।’

टिप्पणीहरू