खोटाङमा लगाइयो खोपको दोस्रो मात्रा

खोटाङमा लगाइयो खोपको दोस्रो मात्रा

खोटाङमा कोभिड–१९ विरुद्ध कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सुरू गरिएको छ ।

गत भदौ र असोजमा कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएकालाई हिजो र आज दोस्रो मात्रा दिइएको हो । भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १३ हजार जनाले कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाएका थिए ।

एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएकालाई पनि कोभिशिल्ड खोप दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

उहाँले पहिले एस्ट्राजेनेका खोप लगाएकाले समेत कोभिशिल्ड खोप लगाउन मिल्ने बताउनुभयो ।

टिप्पणीहरू