भुवन केसीका बाबुछोरा यतै रोकिए

भुवन केसीका बाबुछोरा यतै रोकिए

भारतको उत्तरपूर्वी राज्य सिक्किममा हुन लागेको ‘ग्लोबल फिल्म फेस्टिभल’ स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलन थालेसँगै सिक्किम सरकारले फेस्टिभल स्थगित गरेको हो ।

सिक्किम राज्यको सञ्चार विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरिएन्टको कारण फेस्टिभल स्थगित गरिएको जानकारी दिएको छ । फेस्टिभल भोलिदेखि मंगलबारसम्म आयोजना हुँदै थियो ।

फेस्टिभलमा अभिनेता अनमोल केसी र उनका पिता तथा पुराना अभिनेता भुवन केसीको सहभागिता हुँदै थियो । कार्यक्रम स्थगित भएपछि केसीका बाबुछोरा काठमाडौंमै रोकिएका छन् ।

कलाकारहरु दयाहाङ राई,नम्रता श्रेष्ठ,अदिति बुढाथोकी,विनय श्रेष्ठ, शिवानी गुप्तालगायत पनि सहभागी हुने जनाइएको थियो । मुम्बई र नेपाली चलचित्रकर्मीको फेस्टिभलमा सहभागी हुने कार्यक्रम भए पनि कोरोनाको नयाँ भेरिएन्टलाई मध्यनजर गर्दै हालका लागि फेस्टिभल स्थगित गर्नुपरेको बताइएको छ ।

टिप्पणीहरू