प्रचलित खोपले ओमिक्रोनविरुद्ध काम गर्ने डब्लुएचओको दाबी

प्रचलित खोपले ओमिक्रोनविरुद्ध काम गर्ने डब्लुएचओको दाबी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिले प्रयोगमा आइरहेका खोपहरु कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई प्रभावकारी हुने बताएको छ । संगठनले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको जानकारी दिएको हो ।

अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका हुन् ।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाई अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन संक्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षणमा अहिले प्रयोगमा ‌आएकै खोपले काम गर्ने देखिएको हो ।

टिप्पणीहरू