जति गर्दा पनि भेटिएन मोटरसाइकल

जति गर्दा पनि भेटिएन मोटरसाइकल

राजधानीबाट मोटरसाइकल चोर्ने र हराउने प्रवृत्ति बढेको छ । दिनहुँ त्यस्तो जानकारी प्राप्त हुने गरेको ट्राफिक प्रहरीको अनुभव छ । तर, हराएका अधिकांश मोटरसाइकल फेला नपर्ने सर्वसाधारणको गुनासो छ ।

यहि क्रममा एक महिनाअघि राजधानीस्थित एउटा घर कम्पाउण्डबाट चोरिएको मोटरसाइकल अझै फेला परेको छैन । नागार्जुन नगरपालिका ७ रामकोटस्थित घरअगाडि पार्किङ गरिएको मोटरसाइकल रातको समयमा चोरी भएको बताइन्छ । ट्राफिक प्रहरीले भोलिपल्टै सबै प्रहरी वृत्त,प्रभाग र जिल्ला तथा प्रदेश कार्यालयमा खबर गरे पनि मोटरसाइकल पत्तो नलागेको हो ।

प्रहरीले राजधानीबाहेक अन्य जिल्लाका दुर्गम भेगमा समेत चलाउनसक्ने सम्भावना भएको बताउँदै सबैतिर खबर गरेको बताएको छ । हराएको मोटरसाइकल १ सय ५० सिसीको कालो र रातो रंगको हो । रामकुमार थापाको उक्त मोटरसाइकलको नम्बर प्लेट बागमती प्रदेश ०२–०२५ प ३८८३ रहेको ट्राफिक प्रहरीको सर्कुलरमा उल्लेख छ ।

टिप्पणीहरू