ठमेलमा गाँजादेखि जरायोको सिङसम्मको व्यापार

ठमेलमा गाँजादेखि जरायोको सिङसम्मको व्यापार

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा लागुपदार्थ र वन्यजन्तुका अंगहरुको बिक्री वितरण हुने गरेको छ । सोही क्रममा आज लागुऔषध पोल्यान्ड २ सय ५० ग्राम, ६० ग्राम गाँजा, जरायोको सिङ १ थान र १ थान खुकुरी प्रहरीले बरामद गरेको छ ।

आज दिउँसो लागुऔषधसहित चार जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ घर भएका २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–६ घर भएका मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ हुन् ।

उनीहरुलाई ठमेल नजिकैको पकनाजोलस्थित डेरा कोठाबाट पक्राउ गरिएको हो ।

टिप्पणीहरू