माधव नेपाल हिजो झापामा आज सुनसरीमा व्यस्त

माधव नेपाल हिजो झापामा आज सुनसरीमा व्यस्त

संगठन बिस्तारको क्रममा व्यस्त देखिनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुनसरी पुग्नुभएको छ । उहाँ पछिल्ला दिनमा पूर्वदेखि पश्चिमसम्म पार्टी कार्यक्रममा व्यस्त हुनुभएको हो ।

उहाँले इटहरीमा १ नम्बर प्रदेशको पार्टी कार्यालय र उपमहानगरपालिका कार्यालयको उद्घाटन गर्नुभएको छ । पार्टी कार्यालयको उद्घाटन आज बिहान गर्नुभएको हो ।
आजै दिउँसो इटहरीमा हजारौं कार्यकर्ता तथा समर्थकको सहभागितामा १ नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाको समेत उपस्थिति थियो ।

टिप्पणीहरू