कतिले लगाए नेपालमा पूर्ण खोप ?

कतिले लगाए नेपालमा पूर्ण खोप ?

नेपालमा हालसम्म कोरोनाको पूर्ण खोप (दुई डोज) लगाउनेको संख्या ८७ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ८७ लाख ८० हजार ४ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७ सय ६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १ सय ९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७ सय ५३ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू