महानगर दिवसमा काठमाडौं महानगरपालिकाले मास्क बाँड्ने

महानगर दिवसमा काठमाडौं महानगरपालिकाले मास्क बाँड्ने

काठमाडौं महानगरपालिकाले मंसिर २७, २८ र २९ गते २७ औँ महानगर दिवस मनाउने भएको छ । सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित महानगरले दिवस मनाउन लागेको हो ।

विद्यालयस्तरमा ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता पनि हुनेछ । कोभिड–१९ संक्रमणको अवस्थालाई हेरेर कार्यक्रम गरिने उसले बताएको छ ।

तीन दिने कार्यक्रमको अन्तिम दिन २९ गते वसन्तपुरमा मूल समारोह समितिले विशेष कार्यक्रमको आयोजना गर्ने छ । कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क १० वटा मास्क दिइने महानगरको योजना रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू