एमालेले बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको माधव नेपालको दाबी

एमालेले बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनु भएको छ ।

आज सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनु भएको हो ।

अब एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउन लागेको बताउँदै अध्यक्ष नेपालले ओली एण्ड कम्पनीको दिन सकिएको समेत उल्लेख गर्नुभएको छ । उहाँले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिष्ट चरित्रलाई कायम राख्न सकेन, माक्र्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो सबै नारायणी नदीमा बगेको छ ।’

अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै आगमी दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गर्नुभएको छ ।

टिप्पणीहरू