पुस २० गतेदेखि राष्ट्रियसभा सदस्य निर्वाचन शुरु

पुस २० गतेदेखि राष्ट्रियसभा सदस्य निर्वाचन शुरु

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम राखिएको छ ।

त्यसैदिन साँझ मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र पुस २१ गते उम्मेदवारको बिरोधमा उजुरी दिने कार्यक्रम राखिएको छ । पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने भनिएको छ ।पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका आज प्रकाशित गरिएको छ ।

आगामी माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ ।

टिप्पणीहरू