रुसी राष्ट्रपति केही घण्टाको निम्ति नयाँ दिल्ली किन पुगे ?

रुसी राष्ट्रपति केही घण्टाको निम्ति नयाँ दिल्ली किन पुगे ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हिजो साँझ केही घण्टाको निम्ति भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । उहाँले छोटो भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको छ ।

पुटिनको आकस्मिक र केही घण्टाको भ्रमणलाई लिएर विश्व राजनीति तरंगित भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले पुटिन र मोदीबीचको केही घण्टाको भेटवार्ताको विशेष अर्थ रहेको बताएको छ ।

उहाँहरुबीच भारतले रुसबाट खरिद गरेको एस ४०० क्षेप्यास्त्रलाई जतिसक्दो छिटो भारतलाई हस्तान्तरण गर्ने विषयमा छलफल भएको थियो । उक्त विषयलाई भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले हिजै राति पुष्टि गरेका छन् ।

हिजो साँझ पुटिन नयाँ दिल्लीमा मुश्किलले ७ घण्टा बसेको बताइन्छ । यता भारतीय सरकारी सञ्चारमाध्यमहरुले भने मस्कोले भारतलाई एक महान् शक्ति र समय–परीक्षित मित्रको रूपमा बुझेको भनाई पुटिनले राखेको उल्लेख गरेका छन् ।

पुटिन र मोदीबीच झण्डै दुई वर्षपछि भेटघाट भएको हो । भेटमा दुई जना नेताबीच अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि छलफल भएको बताइन्छ ।

टिप्पणीहरू