डेढ हजार निजामति कर्मचारी एकै घानमा सरुवा

डेढ हजार निजामति कर्मचारी एकै घानमा सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १६ सय १३ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको एकै पटक यति ठूलो संख्यामा सरुवा गरेको हो ।

मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा खटिएका ती कर्मचारीहरुको पहिलो पटक अन्तरस्थानीय तह सरुवा भएको हो । मन्त्रालयले यसअघि गत वैशाख ८ देखि २० गतेसम्म एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा सरुवा हुन चाहेका कर्मचारीबाट अनलाइन आवेदन माग गरेको थियो ।

उनीहरुसँग आवेदन माग गरेको बखत नै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा हुन चाहिने दोहोरो सहमति समेत मागिएको थियो । सरुवा हुन चाहेको र सरुवा भइ जान चाहेको दुबै स्थानीय तहबाट सहमति कायम गराइ आवेदन दिएकामध्येबाट आज एउटै लटमा यति धेरै कर्मचारीको सरुवा गरिएको हो ।

एक जना कर्मचारीले पाँचदेखि सात पटकसम्म आवेदन दिँदा आवेदन संख्या तीन हजार नाघेको थियो । त्यसलाई काँटछाँट गरी १६ सय १३ मा झारिएको बताइन्छ । त्यसमा पनि ५७ जनाले मापदण्ड पूरा नगरेको मन्त्रालयले जनाएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/12/notic.pdf”]

टिप्पणीहरू