आकाश भैरवको मुकुट चोरियो

आकाश भैरवको मुकुट चोरियो

काठमाडौंमा आज फेरी भैरवको मुकुट चोरी भएको छ । नागार्जुन नगरपालिका ३, हल्चोकस्थित हल्चोक भैरवको मन्दिरबाट मुकुट चोरी भएको हो । गए राति करिब १२ देखि १ बजेको समयमा मन्दिरका पूजारीलाई धारिलो हतियार देखाएर उक्त मुकुट चोरिएको हो ।

मोटरसाइकलमा आएको एउटा समूहले वर्षौंअघि स्थानीयले चढाएको झण्डै १५ किलोग्रामको पित्तलको मुकुट चोरी भएको वडा नम्बर ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताउनुभएको छ ।

उहाँका अनुसार समूहमा आएका लुटेहराहरुले मन्दिरको रेखदेख गर्दै आएका पूजारीलाई धारिलो हतियार देखाएर मुकुट चोरी गरेको बुझिएको छ ।

अध्यक्ष श्रेष्ठले घटनाबारे आफूले पनि सामाजिक सञ्जालमार्फत् बिहान ४ बजेतिर जानकारी पाएको बताउँदै अहिले चोरीमा संलग्नहरुको खोजी कार्यलाई तीब्रता दिइएको बताउनुभयो । उहाँका अनुसार प्रहरीको विभिन्न टोलीले अनुसन्धान तथा शंकास्पद व्यक्तिलाई निगरानीमा राखेको छ ।

टिप्पणीहरू