मोटरसाइकल चोर्ने ७ जना प्रहरीको कब्जामा

मोटरसाइकल चोर्ने ७ जना प्रहरीको कब्जामा

काठमाडौंमा मोटरसाइकल चार्ने कार्यमा संलग्न सात जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मोटरसाइकल चोरी कार्यमा संलग्न उक्त गिरोहलाई सार्वजनिक गरेको हो ।

गए राति काठमाडौंको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिनुभयो ।

महाशाखाले गत असार महिनायता चोरी भएका एक सय ८४ वटा मोटरसाइकलको खोजी गरी सम्बन्धित धनीलाई बुझाइएको समेत जानकारी दिएको छ ।

टिप्पणीहरू