बर्दियामा पनि एमसीसीविरुद्ध कार्यक्रम

बर्दियामा पनि एमसीसीविरुद्ध कार्यक्रम

बर्दियामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध भोलि र पर्सि लगातार अन्तरक्रिया कार्यक्रम र बिरोध प्रदर्शन हुने भएको छ ।

भोलि जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा आयोजना गरिएको एमसीसी सम्झौता र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम गरिँदैछ । पर्सि नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्धहरुको संयुक्त आयोजनामा काठमाडौैंको माइतीघर मण्डलामा बिरोध प्रदर्शन हुने भएको हो ।

भोलि हुने अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोला र डा.सूर्यराज आचार्यलगायतका वक्ताहरु उपस्थित हुने बताइएको छ ।

यस्तै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य र देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यमा तथा पार्टीका प्रमुख नेताहरुको उपस्थितिमा बसेको जनवर्गीय तथा मोर्चाहरुको संयुक्त बैठकले पर्सि माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू