स्कुल फेरि बन्द गराइने संभावना

स्कुल फेरि बन्द गराइने संभावना

हिउँद याममा पश्चिमी वायु मध्यपूर्व र पश्चिम एशियाका मरुभूमिबाट प्रवाह हुने भएकाले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने भएकाले मास्क लगाउन विज्ञहरुले सुझाएका छन् । यस्तो वायु पृथ्वीको सतह नजिकै रहने भएकाले आगामी दिनमा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन् ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनीतिको तयारी थाल्नुपर्ने बताउनुभएको छ ।

उहाँले मास्कले कोरोनाको साथै वायु प्रदूषणबाट समेत बचाउने भएकाले अहिले जीवन बचाउने पध्दति नै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्नुपर्ने सुझाव दिनुभएको छ ।

वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकाले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्नुभएको छ । उहाँले अत्यधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउनसक्ने तर्फ सरोकारवालाहरुलाई सचेत गराउनुभएको हो ।

धेरै प्रदूषण गराउने उद्योगधन्दा आलोपालोमा चलाउने,धेरै प्रदूषण गराउने सवारीसधानहरु बन्द गर्नेलगायतका काम गरेमा पनि हिउँदको वायु प्रदूषणबाट बच्न सकिने उहाँको तर्क छ । ‘वायुप्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउँछ,’ चेतावनीको शैलीमा उहाँले भन्नुभयो ।

टिप्पणीहरू