एमालेसँग नेकपा एसले हिसाब माग्ने

एमालेसँग नेकपा एसले हिसाब माग्ने

नेकपा एमालेले हाम्रो रगत पसिनाले जोडेको सम्पत्तिमा रजगज गरेको छ । यसको आगामी दिनमा हिसाबकिताब गरिँदै  जानेछ  ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) को १ नम्बर प्रदेश पार्टी कार्यालय र इटहरी उपमहानगर कमिटीको कार्यालयको संयुक्तरुपमा उद्घाटन गर्दै उक्त विचार व्यक्त गर्नु भएको हो ।

अध्यक्ष नेपालले ‘मुलकलाई निरंकुशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्न पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म कायम रहने छ,’ भन्नुभयो । उहाँले वर्तमान नेपालको राजनीतिमा नेकपा (एकीकृत समाजवादी) ले समाजवादको लक्ष्य तय गर्दै मुलुकलाई सम्वृद्धितर्फ डो¥याउने उल्लेख गर्नुभएको छ ।

अध्यक्ष नेपाल आजै पार्टीको १ नम्वर प्रदेशस्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न इटहरी आइपुग्नु भएको हो । दिउँसो हुने कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र राई, प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, प्रदेश अध्यक्ष बलदेव चौधरी र पोलिटब्यूरो सदस्य महेश रेग्मीलगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति हुने बताइएको छ ।

उहाँले आज दिउँसो लायन्स क्लब, इटहरीको भवनमा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुहुने छ । प्रशिक्षणमा प्रदेशका चार सय ५० जना नेता तथा कार्यकर्ताले भाग लिँदै छन् ।

टिप्पणीहरू