हेटौंडामा ८ वटा फुटाएर १४ वटा बनाइने

हेटौंडामा ८ वटा फुटाएर १४ वटा बनाइने

बागमती प्रदेश सरकारलाई २३ गते बिस्तार गर्न खोजिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा रहेको चार सदस्यीय क्याबिनेटलाई बढाएर १४ सदस्यीय बनाउन लागिएको हो ।

अहिले कायम रहेका आठ वटा मन्त्रालयलाई फुटाएर १४ बनाउने तयारी भैरहेको स्रोतले बताएको छ । नेकपा एकीकृत समाजवादी,नेपाली काँग्रेस,माओवादी केन्द्र र जनता समाजवादीको संयुक्त सरकारलाई बिस्तार गर्दा मन्त्रीका आकांक्षीहरुलाई भाग नपुग्ने भएपछि मन्त्रालय टुक्राउन खोजिएको बताइन्छ ।

यसअघि एमालेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य सरकारको विकल्पमा गठित सरकारले लोकप्रिय कार्य गरेर प्रमाणित गर्नुपर्नेमा मन्त्रालय टुक्राउने अलोकप्रिय कार्य गर्न लागेको भन्दै आलोचना भएको छ ।

टिप्पणीहरू