दुलही बोकेको बस दुर्घटना

दुलही बोकेको बस दुर्घटना

आज बेलुका मुसिकोटमा दुलही लिएर फर्कदै गरेको बस दुर्घटना भएको छ । करिब २५ जना जन्ती घाइते भएको र उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा बेलुका साढे सात बजे बस दुर्घटना भएको हो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका ५ घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको जन्ती बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका निरिक्षक डेकेन्द्र शर्माले बताए ।

दुर्घटनामा परेर घाइते भएका करिब २५ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ । बसमा ४५ जना सवार थिए ।

अहिले घाइतेहरुको उध्दार भैरहेको र केहीलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि पुर्याईएको बताइएको छ । पानी परिरहेकोले उद्धारमा कठिनाई भैरहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट १ सय मीटर तल खसेको थियो । घटनाको बिस्तृत विवरण आउन बाँकी छ । घाइतेहरुको नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

टिप्पणीहरू