तीन देशमा राजदूत पक्का

तीन देशमा राजदूत पक्का

संसदीय सुनुवाई समितिले सरकारले प्रस्ताव गरेको भारत, अमेरिका र बेलायतका लागि राजदूतहरुको नाम अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले तीनै जनाको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

सरकारले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि डा. शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव समितिले अनुमोदन गरेको हो ।

कानुनी व्यवस्थाअनुसार समितिले अनुमोदन गरेका राजदूतहरुलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गर्नुहुनेछ

टिप्पणीहरू