तनहुँमा करेन्ट लागेर युवक ठहरै

तनहुँमा करेन्ट लागेर युवक ठहरै

नेटवर्किङको काम गर्ने क्रममा एक जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रामपुर–७, पाल्पाका १९ वर्षीय सागर ज्ञवाली हुन् ।

तनहुँस्थित घिरिङ गाउँपालिका–३, सुन्धारा भन्ने स्थानमा हिजो साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युतको नाङ्गो तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली गम्भीर घाइते भएका थिए ।

घाइते ज्ञवालीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले बताएको छ । ज्ञवाली तनहुँको दुलेगौँडास्थित डिभिजिङ नेटवर्क प्रालिका कर्मचारी हुन् ।

टिप्पणीहरू