मास्क नलगाउनेलाई विवाह पञ्चमीमा रोक « Jana Aastha News Online
Logo
४ माघ २०७८, मंगलवार
|  Tue Jan 18 2022

मास्क नलगाउनेलाई विवाह पञ्चमीमा रोक

प्रकाशित मिति :  २० मंसिर २०७८, सोमबार १७:४५


जिल्ला प्रशासन कार्यालय, धनुषाले मास्क नलगाएका भक्तजनलाई रामसीताको विवाह पञ्चमीमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको छ । कोरोनाको नयाँ भेरिएन्टको जोखिम बढ्दै गएकाले मास्क अनिवार्य गरिएको हो ।

महोत्सवमा वाह्य र आन्तरिक पर्यटक आउने र संक्रमणको जोखिम बढ्ने खतरा रहेकाले मास्क अनिवार्य गरिएको बताइएको छ । हाल नेपालमा समेत कोरोनाको नयाँ भेरिएन्ट देखिएकाले महोत्सवमा भाग लिने सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

महोत्सवमा आउने भक्तजनलाई जनकपुरमा करिब चार लाख मास्क वितरण गर्ने योजना अघि सारिएको छ । त्यस्तै विवाह पञ्चमीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस सोसाइटीले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !