‘गोरे’ का लगानीकर्ता ‘काले’ प्लेनको ढोकैबाट समातिए

‘गोरे’ का लगानीकर्ता ‘काले’ प्लेनको ढोकैबाट समातिए

साढे ३३ किलो सुन तस्करी प्रकरणका लगानीकर्ता काले नामले चिनिने कृष्णगोपाल अग्रवाल पक्राउ परेका छन् । सुन प्रकरणका नाइके चुडामणी उप्रेती ‘गोरे’ मार्फत् काम गरिरहेका लगानीकर्तामध्येका एकजना उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका हुन् ।

उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा युएईबाट नेपाल डिपोर्ट गरिएको थियो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउको लागि इन्टरपोलको सचिवालयबाट रेड कर्नर नोटिस जारी भएको थियो ।

उनले २०६९ सालदेखि नै सुनको अवैध कारोबारमा गोरेमार्फत् काम गर्दै आएका थिए ।

टिप्पणीहरू