प्रधानमन्त्री एक्कासी पार्टी कार्यालय प्रवेश

प्रधानमन्त्री एक्कासी पार्टी कार्यालय प्रवेश

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भर्खरै पार्टी मुख्यालय,सानेपा पुग्नुभएको छ । पार्टीको प्रदेश अधिवेशनको परिणामलगत्तै उहाँ केन्द्रीय कार्यालय पुग्नुभएको हो ।

२ नम्बरबाहेक अन्य प्रदेशमा अधिवेशन सकिएर नेतृत्व चयन भएको छ । छ वटा प्रदेशमध्ये चार वटामा देउवा समूह र दुई वटामा संस्थापन इतर पक्ष विजयी भएको छ ।

अहिले भने उहाँ आगामी शनिबार काठमाडौंमा उद्घाटन हुने काँग्रेसको महाधिवेशन तयारीबारे छलफल गर्न सानेपा पुग्नुभएको बताइएको छ । काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न गर्न गठित विभिन्न समितिका संयोजकहरुसँग प्रगतिबारे पार्टी मुख्यालयमा छलफल हुने कार्यक्रम छ ।

टिप्पणीहरू