आज २ को निधन, २ सय बढीमा संक्रमण

आज २ को निधन, २ सय बढीमा संक्रमण

आज कोरोना संक्रमणको कारण दुई जनाको निधन भएको छ । दुई सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । आठ हजार छ सय १७ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय ५७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा निको हुने दर ९७ दशमलब ८ प्रतिशत रहेको छ । मुलुकभर अझै छ हजार तीन सय ८६ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४३ पुगेको छ । हाल काठमाडौंमा पाँच सय ९८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७५ र ललितपुरमा पाँच सय ५३ जना संक्रमित छन् ।

त्यस्तै, नेपालमा आज दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ ।

टिप्पणीहरू