माधव नेपाललाई हिजो आज भ्याइ नभ्याई

माधव नेपाललाई हिजो आज भ्याइ नभ्याई

संगठन विस्तारको क्रममा देश दौडाहामा हिँड्नुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज झापा पुग्नुभएको छ । उहाँले आज झापामा नेपाल खेलकुद महासंघ, समाजवादीको १ नम्बर प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

सोही बखत दमकमा युवा संघ नेपालको नगर कमिटी घोषणा गरिएको छ । दमक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । सो अवसरमा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलगायतका नेताहरुको उपस्थिति थियो ।यसअघि उहाँ अस्ति शनिबार अर्घाखाँचीमा आयोजित कार्यकर्ता भेलामा पुग्नुभएको थियो । जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टीको धारणा राख्नुभएको बताइन्छ ।दुबै जिल्लामा आयोजित कार्यक्रममा स्थानीय नेता,कार्यकर्ता र शुभचिन्तक तथा समर्थकको बाक्लो उपस्थिति रहेको आयोजकहरुले दावी गरेका छन् ।

टिप्पणीहरू