रोल्पामा धमाधम पक्की पुल

रोल्पामा धमाधम पक्की पुल

रोल्पाको १४ स्थानमा पक्की पुल निर्माण हुने भएको छ । धेरै वटा खोलामा पक्की पुल नहुँदा जोखिम मोल्दै आएका स्थानीयको सुविधाका लागि एकै पटक १४ स्थानमा पुल निर्माण गर्न लागिएको हो ।

धेरैजसो खहरे खोलाका कारण स्थानीयलाई वर्षामासमा आवतजावत गर्न निकै सकस हुने गरेको छ । त्यसलाई ध्यानमा राखेर भित्री सडकमा समेत बाह्रै महिना यातायात सञ्चालन गर्ने तवरले पुल निर्माण गर्न लागिएको बताइएको छ ।

संघ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माणसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुने अपेक्षा राखिएको छ ।

लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गत वर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुई वटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ वटा निर्माणको चरणमा छन् ।

चालु आर्थिक वर्षमा संघीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँच गरि छ वटा पक्की पुल निर्माण्को स्वीकृती प्राप्त भएका छन् । चालु र अघिल्लो आवको समेत गरी जिल्लामा १४ वटामध्ये दुई वटा पुल निर्माण सम्पन्न भएका छन् । बाँकी १२ वटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले अनुगमन गर्र्दै आएको छ । जिल्लाका दश वटै स्थानीय तहमा पुल निर्माण कार्य सञ्चालन भइरहेको बताइएको छ ।

टिप्पणीहरू