को को छानिए एसिया कप क्रिकेट प्रतियोगितामा ?

को को छानिए एसिया कप क्रिकेट प्रतियोगितामा ?

नेपाल क्रिकेट संघ क्यानले एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० जना खेलाडी छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्य खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले हिजो मात्रै सम्पन्न यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ । क्यानका अनुसार नेपाली टोलीले पर्सिदेखि प्रशिक्षण थाल्ने छन् ।

एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स युएईमा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुँदैछ । उक्त प्रतियोगितामा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुबेतको सहभागिता रहने छ ।

बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीमा देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलक राज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल र अर्जुन यादव छन् ।

त्यसैगरी कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदील अन्सारी पनि छनोटमा परेका छन् ।

टिप्पणीहरू