पूर्वउपाध्यक्ष बितेपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित

पूर्वउपाध्यक्ष बितेपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित

आगामी पुसको पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा र अल्लोका वस्तुहरुको प्रदर्शन स्थगित गरिएको छ । ढाका कपडा उद्योग व्यवसायीहरुको सम्मेलन स्थगित भएको जनाइएको हो ।

सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका सहोदर दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्वउपाध्यक्ष सुवर्णकुमार श्रेष्ठको असामयिक निधन भएकाले प्रदर्शनी तथा सम्मेलन स्थगित गरिएको बताइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले पुस २, ३ र ४ गते प्रदर्शनी गर्न लागेका थिए । महासंघले सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेका उद्यमीहरुलाई पछि निर्धारण गरिने मितिको कार्यक्रममा सहभागी गराइने भनेको छ ।

टिप्पणीहरू