मंसिर २३ बाट निर्णायकहरु फेरिने

मंसिर २३ बाट निर्णायकहरु फेरिने

रियालिटी शो नेपाल आइडलको चौथो संस्करण मंसिर २३ गते बाट प्रसारणमा आउने भएको छ । शोका होस्ट आसिफ साहले सामाजिक सञ्जालमार्फत शो प्रसारणको मिति सार्वजनिक गरेका हुन् ।

कार्यक्रम एपीवान टेलिभिजनमा बेलुकी साढे ८ बजे प्रसारण हुने छ । करिब चार महिना चल्ने आइडलको चौथो संस्करणका लागि एक सय प्रतिस्पर्धी छानिएका थिए भने गोला राउण्डसम्म पुग्दा १२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शोका निर्देशक लक्ष्मण पौडेल हुन् । शोमा यसपटक संगीतकार शम्भुजित बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तान निर्णायक हुने छन् । यसअघि न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा निर्णायक थिए ।

टिप्पणीहरू