रंग पसलमा आगो दनदनी

रंग पसलमा आगो दनदनी

रुपन्देहीको एउटा पेन्ट पसलमा आगलागी भएको छ । स्थानीय कलर हाउसमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

देवदह नगरपालिका १ सूर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन देवदह नगरपालिकाका दमकल, प्रहरी र स्थानीय खटिएका थिए । उनीहरुको सहयोगमा एक घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको बताइएको छ ।

टिप्पणीहरू