कार्यकर्ताको ढाड,केपी ‘बा’ को आड

कार्यकर्ताको ढाड,केपी ‘बा’ को आड

एमालेले कम्युनिष्ट चरित्र मास्दै गएको आरोप लाग्न थालेको धेरै भएको छ । केपी ओली अघिल्लो पटक अध्यक्ष बनेपछि उक्त प्रवृत्ति बढेको भन्नेहरु धेरै छन् । पछिल्लो पटक चितवनमा सम्पन्न कम्युनिष्ट पार्टीको महाधिवेशनमा दक्षिणपन्थी दलहरुको भन्दा पनि भद्दा प्रस्तुती रहेको अर्को आरोप लागेपछि उक्त चरित्रको थप पुष्टि भएको बताइन्छ ।

एमालेमा पछिल्ला दिन कार्यकर्ताहरुबीच ‘लाल सलाम’ र ‘कमरेड’ को विकल्पमा ‘बा’ र ‘आइ लभ यु’ को अत्यधिक खपत हुन थालेको छ । सिध्दान्त र निष्ठालाई छाडेर बाहुबलको संस्कृति भित्रिँदै गएको अनुभव गर्नेहरु धेरै छन् ।

स्वयम् अध्यक्षले कार्यकर्ताको ढाडमा कालो मार्करले हस्ताक्षरसहित प्रमाणित गरिदिएपछि त्यसरी भित्रिँदै गएको संस्कृतिले एमालेभित्र संस्थागत रुप लिने सम्भावना बढेको हो । ‘बा’ लाई खुशी बनाउन विभिन्न तरिका अपाउने क्रममा एक जनाले ढाडमा ‘केपी बा’ जिन्दावाद लेखेका छन् । त्यही जिन्दावादलाई उहाँले बकाइदा सदर गरिदिनुभएको छ ।

एक जना कार्यकर्ताले ढाडमा ‘केपी बा जिन्दावाद’ लेखेपछि अध्यक्ष ओलीले उनको ढाडको पुच्छरमा कालो मार्करले दस्तखत गरिदिनुभएको हो । यो संस्कृतिले समाजमा कस्तो सन्देश जाला ? अहिलेसम्म लाग्दै आएको आरोपलाई पखाल्नेभन्दा पनि उहाँले थप मलजल गरेको प्रमाणित भएको बताइन्छ ।

टिप्पणीहरू