प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा जुगल अध्यक्षमा निर्वाचित भएका छन् । चितवनमा हिजोदेखि भएको महाधिवेशनले उनलाई अध्यक्षमा छानेको हो ।

अधिवेशनले १ सय ९१ सदस्यीय केन्द्रीय कमिटीको समेत घोषणा गरेको छ । अध्यक्षबाहेक अन्य पदाधिकारी भने चयन हुन सकेको छैन । निर्वाचित केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने बताइएको छ ।हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन उद्घाटन गर्नुभएको थियो । उद्घाटनको क्रममा बोल्दै प्रचण्डले जुगललाई अध्यक्ष बनाउन निर्देशन दिनुभएको बताइन्छ । सापकोटा प्रचण्डका पूर्वप्रेस सल्लाहकार हुन् ।

टिप्पणीहरू