दोलखावासीले सडक विभाग घेर्ने

दोलखावासीले सडक विभाग घेर्ने

सडक निर्माणमा ढिलाई भएको भन्दै दोलखावासीले सडक विभाग घेर्ने भएका छन् । काम थालिएको वर्षौं भइसक्दा पनि निर्माण सम्पन्न नभएपछि उनीहरुको धैर्यताको सीमा नाघेको बताइन्छ ।

चरिकोट–मुढे सडकखण्ड निर्माणमा भएको ढिलासुस्ती तथा लापरवाहीको बिरोधमा विभाग घेराउ गर्न लागिएको हो । उनीहरुले पर्सि मंगलबार सडक विभागको कार्यालय चाकुपाट, ललितपुर घेराउ गर्ने बताइएको छ ।

बिहान १० बजेदेखि मध्याहन्ह १२ बजेसम्म गर्न लागिएको विभाग घेराउ कार्यक्रममा सबैलाई सहभागी हुनसमेत आयोजक पक्षले आग्रह गरेको छ ।

टिप्पणीहरू