राजश्व चुहावट गर्नेविरुद्ध मुद्दा दायर

राजश्व चुहावट गर्नेविरुद्ध मुद्दा दायर

रुपन्देहीका दुई व्यवसायीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलले ती व्यवसायीविरुद्ध २२ करोड रुपैयाँबढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

कार्यालयले रुपन्देहीको समरिमाही गाउँपालिका ६ का कशौधन कवाड सप्लायर्सका प्रोपाइटर प्रमोदकुमार गुप्ता र गोविन्दकुमार कशौधनविरुद्ध २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैयाँ बिगो दाबीको मुद्दा दायर गरिएको जनाएको छ ।

बिगो दाबीसहित कार्यालयले दुई जनाविरुद्ध कुल ४४ करोड ७३ लाख ८६ हजार ९ सय ५८ रुपैयाँ सजाय मागदाबीसहित उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा आज मुद्दा दायर गरेको हो ।

फर्मले राजश्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरी उक्त सामान विभिन्न व्यक्तिलाई बिक्री गरी त्यसको लेखाङ्कन नगरी मूल्यअभिवृद्धि कर तथा आयकर छली गरेको बताइएको छ ।

उनीहरुले मूल्यअभिवृद्धि करतर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ र आयकरतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ राजश्व छलेको ठहर गरिएको छ ।

टिप्पणीहरू