‘राजाको नभए के खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त ?’

‘राजाको नभए के खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त ?’

आज बिहानबाट राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले आफ्ना पूर्वअध्यक्ष कमल थापालाई जस्तालाई तस्तै हुनेगरी मुखभरिको जवाफ दिएका छन् । सँधै पूर्वराजा र राजतन्त्रको वकालत गर्दै आएका भनिएका थापाले निर्वाचनमा पराजय भोग्ने बितिक्कै पूर्वराजामाथि गम्भीर आरोप लगाएका हुन् ।

आफ्नो पराजयमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको ट्वीट् गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना समेत लेखेका छन् । त्यहि ट्वीट्को जवाफ दिँदै नवनिर्वाचित अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘राजावादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त कमल थापाजी ?’

पछिल्लो समयमा थापालाई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद ओलीसँग अनावश्यक हिमचिम बढाएको आरोप पार्टीभित्रै लाग्दै आएको थियो । अनावश्यक राजनीतिक खुसामत गरेर आफ्ना सहोदर दाजुलाई शीतल निवासमा सुरक्षा सल्लाहकारमा नियुक्ति दिलाइएको विषयलाई पनि राप्रपाजनले राम्रो मानेका थिएनन् ।

टिप्पणीहरू